नाटक ‘डाँडाखेत’ पोखरामा मञ्चन हुने

राजाराम पौडेल, पोखरा न्यूज – ०४, माघ । पोखरामा माघ १३ गते नाटक ‘डाँडाखेत’ मञ्चन हुने भएको छ । यो भानुभक्त आवासिय विद्यालयको प्रस्तुतीमा मञ्चन गरिन लागेको नाटक हो ।

निश्चल विमलले लेखेको नाटकलाई मनोज अधिकारीले निर्देशन गर्दैछन् ।  नाटकमा ग्रिष्मा भण्डारी, आस्मा भुजेल, अजिना बुढामगर, अनुसा परियार, प्रिजया प्रधान, ममता त्रिपाठी, अनिल परियार, सुुजन सुनार, करण विक, सज्जन भण्डारीले अभिनय गर्नेछन् । स्टेज व्यवस्थापनको जिम्मा प्रंशसा शाहीले पाएकी छन् । नाटकलाई परिपक्क बनाउन यतिबेला कलाकारले मेहनत गरिरहेका छन् ।

यो नाटक मार्फ लेखक निश्चल विमलले सन्देश दिन खोजेका छन् । कास्की जिल्लाकै कुनै गाउँमा उनी पुग्दा देखेको विषयवस्तुलाई नाटक मार्फत उजागर गर्न उनले खोजेका छन् । नाटकमा वैदेशिक रोजगार तथा शहरी जीवनका कारण गाउँ शुन्य हुन थालेको विषयलाई उठान गर्न खोजिएको लेखक विमलले बताए ।

सन्तान सबै गाउँबाट विस्थापित हुँदा दुःखी बनेका वृद्ध बाबाआमाको अनुभुती मात्र नभएर पुनः सबै सन्तान गाउँमानै फर्केर उनीहरुको मुहारमा खुशी ल्याएको सन्देशमुलक विषयवस्तु नाटकमा हेर्न पाइनेछ । नाटक झण्डै ४५ मिनेटको हुने विमलले बताए । कक्षा ६ मा अध्ययनरत ग्रिष्मा भण्डारीले यस अगाडि अभिभावक दिवसमा नाटकमा अभिनय गरेकी थिइन् । थिएटरमा अभिनय गर्न लागेको भने पहिलोपटक हो । उनी उत्साहित छन् । भविष्यमा डाक्टर बन्ने सपना बोेकेकी उनी सन्देशमुलक भएकोले सबैलाई नाटक हेर्न आग्रह गर्छिन् ।

नाटककै कलाकार अजिना बुढामगर पहिलोपटक अभिनय गर्न लागेकोेले खुशी छन् । साथीहरुसँग मिलेर अभिनय गर्दा रमाइलो लागेको अनुभुती उनले सुनाइन् । भविष्यमा कलाकार बन्ने रहर बनाएकी उनले परिवारबाट सर्पोट रहेको बताइन् ।  आश्मा भुजेलसँग बाल क्लब मार्फत सडक नाटक खेलेको अनुभव छ । थिएटरमा नाटक हेरेपनि खेलेकी भने थिइनन् । नाटक राम्रो बन्न लागेको र आफ्नो भुमिकालाई उत्कृष्ट बनाउने आफ्नो लक्ष्य भएको उनले बताइन् । भविष्यमा कलाकार बन्ने लक्ष्य आफ्नो भएको उनले बताइन् । नाटकका निर्देशक मनोज अधिकारी विद्यार्थीले गरेको प्रयासले नाटक राम्रो बन्ने बताउँछन् । ‘डाँडाखेतमा वर्तमान समयमा शहरले गाउँलाई पारेको प्रभावको बारेमा देखाउन खोजिएको छ’ उनले भने ।

भानुभक्त आवासिय विद्यालयका प्रिन्सिपल दिनेश कुमार लामिछानेले यो वर्षबाट आफ्नो विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्र्तगत अभिनय कक्षा राखेको बताए । हरेक शुक्रबार हुने अभिनय कक्षामा हाल ११ जना विद्यार्थी सहभागी छन् । ‘अभिनय कक्षा सिक्ने बालबालिकामा संस्कृति प्रति रुचि, सिप तथा दक्षता विकास हुने मात्र नभएर पाठ्यक्रमलाई पनि सर्पोट गर्छ’ उनले भने । अभिनय कक्षाले विद्यार्थीमा नाटक पढ्न र खेल्न रुचि जगाएको उनले बताए । यसरी दिइएको ज्ञानबाट पोखराको नाट्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाई छ । योे वर्र्षबाट सुरु गरिएको अभिनय कक्षालाई निरन्तरता दिने प्रिन्सिपल लामिछानेको प्रतिद्धता छ ।

पोखरा थिएटरको प्रस्तुतीमा पोखरामा माघ ६ गतेबाट आयोजना हुने महानगरस्तरिय विद्यालय नाटक महोत्सवमा यो नाटक मञ्चन गर्न लागिएको हो । डाँडाखेत नाटक माघ १३ गते विहान साढे ११ बजे र दिउँसो २ बजे मञ्चन गरिनेछ । महोत्सवमा पुगेर नाटक हेर्न सर्वसाधरणका लागि २ सय र विद्यार्थीका लागि १ सयको टिकट लाग्नेछ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button