खगेन्द्र थापा मगरको शव यात्रामा देखिए यस्ता दृश्यहरु

दीननाथ बराल, पोखरा न्यूज – ०४, माघ । निमोनियाका कारण शुक्रबार निधन भएका विश्व कीर्तिमानी खगेन्द्र थापा मगरको आज (शनिबार) पोखरामा शव यात्रा गरिएको छ ।

खगेन्द्र थापा मगर अमर रहुन, नेपालको नाम विश्व सामु उचो पार्ने खगेन्द्रलाई हामी सधै सम्झने छौं लगायतका नारा बोकेका सहभागीसहित पोखरामा शव यात्रा गरिएको हो ।

मणिपाल शिक्षण अस्पतालदेखि शुरु भएको शव यात्रा पोखराको नदीपुर, पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, सभागृहचोक, पृथ्बीचोक, पोखरा रंगशाला गेट, बुद्धचोक हुँदै रामघाट स्थित बौद्ध अर्घौ सदनमा पुगेर समापन भएको छ ।

उनको अन्तिम दाहसंस्कार बौद्ध अर्घौ सदनमा मगर समुदायको संस्कार अनुसार हुने खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीन बहादुर रानाले बताए ।  शव यात्रामा प्रतिष्ठानका पदाधिकारी, खगेन्द्रका आफन्त तथा विभिन्न संघ संस्थाका प्रतिनिधि एवं सर्वसाधारणको सहभागिता रहेको थियो ।

खगेन्द्रको शुक्रबार दिउँसो करिब ३ बजे निमोनियाका कारण पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो । २८ वर्षीय खगेन्द्रको परिवारमा आमा धनमाया थापा, बाबु रुप बहादुर थापा र भाई महेश थापा मगर रहेका छन्।

शव यात्राको केहि तस्बिर:-

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button