अमेरिकामा गोलीकाण्ड: ४ को मृत्यु, ५ घाइते

पोखरा न्यूज – ०४, माघ । अमेरिकामा भएको गोलीकाण्डमा परी चार जनाको मृत्यु भएको छ भने पाँच घाइते  भएका छन । युटा राज्यमा शुक्रबार राती भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिसकिएको पनि प्रहरी अधिकारीहरुको भनाई छ ।  प्रदेशको राजधानी सहर साल्ट लेक सिटीसँगै जोडिएको ग्रान्ट्सभिल्ले भन्ने ठाउँमा गोलीकाण्ड भएको हो ।

“सरकारी अधिकारीहरु घटनास्थलमा पुगेर चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्,” ग्रान्ट्सभिल्लेका एक जना प्रहरी अधिकृत होन्डा फिल्डसले भने ।

उनले घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको र घाइते पाँच जनाको अस्पतालमा उपचार भइरेको जानकारी दिए । आक्रमण गर्ने र पिडितहरु एउटै परिवारका हुन की होइनन् भन्ने अहिले यकिन भइनसकेको पनि उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button