सोलुखुम्बुको तिङ्लामा गोलि चल्यो, १६ मोटरसाइकलमा आगजनी

पोखरा न्यूज – ०४, माघ । सोलुखुम्बुको तिङ्लामा राष्ट्रिय विद्युत प्रसारण लाइन विस्तार गर्ने कार्यक्रममा स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाई फायर गरेको छ ।

कार्यक्रम बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका स्थानीयले १६ मोटरसाइकल र एक जीपमा आगजनी गरेका छन् भने रुख ढालेर ठाउँ-ठाउँमा सडक समेत अवरुद्ध पारेका छन् । स्थिती नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको जनाइएको छ ।

तिङ्लामा ३३ केभी प्रसारण लाइन बनाए पनि प्रभावित क्षेत्रमा भन्दा पहिले अन्तै विद्युतीकरण गरिएको भन्दै स्थानीय आन्दोलित भएका थिए । विद्युत प्राधिकरणलाई पहिले नै कार्यक्रम स्थगित गर्न अनुरोध गरिए पनि प्राधिकरणले वेवास्ता गरेको स्थानीयले आरोप लगाएका छन् ।

प्रतिनिधिसभा सदस्य हेमकुमार राईले कार्यक्रम उद्घाटन गर्ने जनाइएपनि आन्दोलनले उग्र रुप लिएपछि उनको टोली सदरमुकाम फर्किएका थिए । घटनाको विस्तृत विवरण भने आइसकेको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button