हिउँदेयामकाे लागि हिमाल आरोहण खुल्याे

काठमाडौं । यो वर्षको हिउँदे पर्वतारोहणका लागि पर्यटन विभागले आरोहण अनुमति खुला गरेको छ । विभागका अनुसार अनुमति खुला भएपछि हालसम्म विभिन्न चारओटा हिमालका आरोहणका लागि पर्वतारोहीले अनुमति लिइसकेका छन् । सगरमाथा आरोहणका लागि अहिलेसम्म पाँच जनाले विभागबाट अनुमति लिइसकेका छन्।

त्यसमध्ये दुई जना जर्मनी र तीन जना स्पेनी नागरिक रहेको विभागले जानकारी दिएको छ ।सगरमाथाबाहेक नुप्त्से, आमादब्लम र रोक्पाइ हिमालका लागि विभागले अनुमति जारी गरिसकेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button