मिस तामाङ पोखराको उपाधि शशिकलालाई

राजाराम पौडेल, पोखरा न्यूज – ०५, माघ । पाँचौ संस्करणको मिस तामाङ पोखरा २०२० को उपाधि लेकसाइड पोखराकी शशिकला बोम्जन तामाङले चुमेकी छिन् ।

पोखरा सभागृहलमा शनिबार भएको फाइनल प्रतिष्पर्धामा १७ जना प्रतियोगीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । उनको लक्ष्य पाइलट बन्ने रहेको छ । उनले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद १ लाख रुपैयाँ हात पारिन् । प्रतियोगीतामा औधोगिक क्षेत्र पोखराकी सलिना वाईबा तामाङ फर्स्ट रर्नसअप, लेकसाइड पोखराकी रेनु स्याङतान तामाङ सेकेन्ड रर्नसअप, पोखराकै प्रिति वाइवा तामाङले भ्युवर्स च्वाइसको पुरस्कार जिते ।

फर्स्ट रनर्सअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ तथा सेकेण्ड रनर्सअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ प्राप्त गरे । भ्युवर्स च्वाईसका विजेतालाई नगद २० हजार प्रदान गरियो । प्रतियोगी सबैजना युवतीले कम्तिमा एक–एक वटा सवटाइटल भने हात पारे । कार्यक्रमको आकर्षणमा तामाङ सांस्कृतिक नृत्य, गायनका साथै चर्चित कलाकार सोनाम तोप्डेन, हाँस्य कलाकार सन्दिप क्षेत्रीको प्रस्तुती रहेको थियो ।

बैदाम तामाङ सेवा समाजले सोनाम ल्होसारको अवसरमा हरेक वर्ष ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा आयोजना गर्दै आएको छ । सहभागीहरुलाई ४५ दिन लामो व्यक्तित्व, नेतृत्व, भाषा, कला, संस्कार, इतिहास तथा धर्मका विषयमा प्रशिक्षण गराइ अन्तिम प्रतिष्पर्धामा उतारिएको लागिएको समाजका उपाध्यक्ष जयन्ती मोक्तानले जनाइन् ।

प्रतियोगीहरुलाई तामाङ धर्म, संस्कृति, भाषा तथा परम्परा लगायत व्यक्तित्व र नेतृत्व विकासको तालिम दिइएको आयोजकको भनाइ छ । सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखराको पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा, तेस्रो संस्करण २०१८ मा कविता योञ्जन र चौथो संस्करण २०१९ मा कुशुम स्याङवो तामाङले ताज पहिरिन सफल भएकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button