पोखरामा नाटक ‘आह्वान’ मञ्चन हुने

राजाराम पौडेल, पोखरा न्यूज – ०५, माघ । नाटक ‘आह्वान’ पोखरामा मञ्चन हुने भएको छ । राइजिङ स्टार एकेडेमीको प्रस्तुतीमा माघ १२ गते पोखरा थिएटरको गन्धर्व नाटक घरमा मञ्चन हुने नाटकका लागि यतिबेला रिर्हसल भइरहेको छ ।

नाटकमा आश्विनी नेपाली, अरुण नेपाली, सिम्रन पौडेल, प्रतिक्षा छिनाल, खुशी घोताने, निशान विक, मुना श्रेष्ठ, बचत पौडेल, मन्दिपा बराल, आशिष सापकोटा, सिर्जना थापामगर, रश्मी मगर, विवेक सुनुवार र अनिष सुनुवारको अभिनय रहनेछ । उनीहरुले आफ्नो भुमिकालाई आर्कषक बनाउन दैनिक मेहनत गरिरहेका छन् । सबैको मेहनतका कारण नाटक उत्कृष्ट बन्ने उनीहरुको विश्वास छ

आह्वान नाटक माघ १२ गते विहान साढे ११ बजे र दिउँसो २ बजे मञ्चन गरिनेछ । जनक पराजुलीको लेखन र उत्तम पोखरेलको निर्देशनमा यो नाटक तयार हुँदैछ । नाटक समयसान्र्दभिक भएको लेखक पराजुलीले बताए । ‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल नाराका साथ पोखरा थिएटरले पोखरामा आयोजना गरेको महानगर स्तरिय विद्यालय नाटक महोत्सव २०७६ मा यो नाटक मञ्चन हुन लागेको हो ।

नाटक हेर्न विद्यार्थीलाई एक सय र अन्य सर्वसाधरणलाई दुई सय शुल्क लाग्नेछ । माघ ६ देखि १४ गतेसम्म आयोजना हुने महोत्सव नौ दिनको हुनेछ । महोत्सवमा कुल नौ वटा नाटक मञ्चन हुनेछ । पोखरा थिएटरले यसअगाडी पनि विभिन्न किसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवहरु सफलताका साथ आयोजना गरिसकेको छ ।

नेपाली रंगमञ्चमा बालबालिका केन्द्रित गतिविधि नगन्य मात्रामा हुदै आइरहको सन्दर्भमा महोत्सव आयोजना गरी नयाँ पुस्ताको आकर्षण नाट्य क्षेत्रमा थप्ने थिएटरको प्रयास भएको थिएटर सञ्चालक मध्येका एक दिल प्रसाद गुरुङले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button