राष्ट्रिय भलिबलमा एपिएफ र आर्मी अन्तिम चारमा

दामोदर अर्याल, पोखरा न्यूज – ०५, माघ । नेपाल भलिबल संघको आयोजनामा पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० मा आइतबार एपिएफ र सेनाको त्रिभुवन आर्मी महिला तर्फ सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

एपिएफले समूह ए को खेलमा भरतपुर मेट्रो खेलकुद परिषद् (बिएमसी)लाई ३–० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । एपिएफले बिएमसीलाई २५–११, २५–१२ र २५–१६ ले पराजित गरेको थियो । एपिएफको ६ अंक भएको छ । यस अघि एपिएफले जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी)लाई पराजित गर्दै ३ अंक जोडेको थियो ।

यस्तै सेनाको टिएसी पनि सेमिमा स्थान बनाउन सफल भएको छ । टिएसीले जेभिसीलाई २५–११, २५–५, २५–११ ले पराजित गर्दै ६ अंक बनाउन सफल भएको हो । टिएसीले शनिबार बिएमसीलाई पराजित गर्दै ३ अंक बटुलेको थियो । समूह विजेता र उपविजेताको टुङ्गो भने एपिएफ र सेनाबीचको प्रतिस्पर्धा बाट हुनेछ ।

दशरथ रङ्गशालाको कभर्डहलमा जारी च्याम्पियनसिपमा हेल्प नेपाल स्पोर्टस् क्लब ग्रुप डीमा पहिलो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । हेल्प नेपाल स्पोर्टस् क्लब (एचएनसी)ले पहिलो जित निकाल्ने क्रममा बुद्धटोल युवा भलिबल क्लब (बिवाईसी) लाई २५–१०, २५–१५, २५–११ ले पराजित गर्यो ।

ग्रुपमा दुई टिम मात्र भएकोले पहिलो जितमा नै हेल्प नेपाल क्वाटरफाईनल प्रवेश गर्न सफल भएको हो । हारका बावजुद बिवाईसी पनि समूह उपविजेताको रुपमा क्वाटरफाइनल प्रवेश गर्न सफल भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button