पोखराको सिवेक हस्पिटलले ७ हजार पर्यटकलाई दियो सेवा

दीननाथ बराल, पोखरा न्यूज – ०५, माघ । पोखराको लेकसाइडमा रहेको अन्तर्राष्ट्रिय स्तरको सिवेक हस्पिटलले करिब ७ हजार पर्यटकहरुलाई सेवा प्रदान गरेको छ ।

पर्यटकलाई कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा हालै पोखरामा आयोजना भएको छलफल कार्यक्रममा बोल्दै सिविक हस्पिटलका प्रबन्धक अमृत सिंखडाले हस्पिटल संचालनको करिब ७ वर्षमा ७ हजार जना पर्यटकहरुलाई स्वाथ्य सेवा प्रदान गरिएको बताए । उनका अनुसार उक्त सङख्याको करिब ७५ प्रतिशत नेपाल बाहेक अन्य मुलुकका पर्यटकहरुको स्वास्थ्य उपचारमा हस्पिटलले सेवा प्रदान गरेको छ । उनले भने “हाम्रो हस्पिटलले प्रभावकारी स्वास्थ्य सेवा दिदै आएको छ,  हस्पिटलमा २४ सै घण्टा एमडी गरेका अनुभवी चिकित्सक हुनुहुन्छ । ”

ट्राभल तथा ट्रेकिङ गर्दाको समयमा बच्चा देखि सम्पूर्ण उमेर समुहका व्यतिहरुको लागि सम्पूर्ण भ्याक्सिनको समेत आफुहरुले सेवा दिने गरेको हस्पिटलका फिजिसियन डा. सरोज पोख्रेलले बताए । डा. अविशेक श्रेष्ठले आफ्नो हस्पिटलमा ७ बेड रहेको र  हरेक बिरामीलाई एक नर्सले रेखदेख गर्ने र चिकित्सकले पनि पर्याप्त समय दिदै कुराकानी गरी परामर्श दिने गरेको दाबी गरे । डा. सन्दिप गुप्ताले हस्स्पिटलबाट डिस्चार्ज भएर जादा हरेक बिरामी सेवाबाट सन्तुष्टि हुने गरेको दाबी गरे ।

सामाजिक उत्तरदायित्व अन्तर्गत हस्पिटलले १० प्रतिशत निशुल्क सेवा अन्तर्गत विभिन्न देशका गरिब तथा अप्ठ्यारोमा परेकाहरुको उपचार गर्दै आएको डा.गुप्ताले जनाए । नेपाल भ्रमण वर्षलाई स्वाथ्यको क्षेत्रबाट समेत आफुहरुले के कस्तो भुमिका निर्वाह गर्नु पर्छ त्यसमा आफुहरु तयार रहेको उनले जनाए ।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका रविन्द्र बस्ताकोटीले नेपाल भ्रमण बर्षको अवसरमा विमानस्थलहरुमा समेत विभिन्न हस्पिटल तथा चिकित्सकहरुको सहयोगमा हेल्थ डेक्स आवश्यक भएको बताए । उनका अनुसार यसै चालु वर्षमा पोखरा सहित गण्डकी प्रदेशमा ४ जहार २ सय जनामा डेंगु भेटिएको थियो ।

अफिन गण्डकी प्रदेशका अध्यक्ष असोक पालिखेले पोखरामा हाल २१ र केही समयमा ४ वटा नयाँ हस्पिटलहरु संचालन हुने अवस्थामा रहेको जनाए । उनले भने “सरकारी स्तरबाट पोखरामा करिब ७ सय ५० बेड होला तर निजी क्षेत्रको सरकारको तुलनामा तीन गुणा बढी बेड २ हजार ५ सय बेड पुगेको छ । ” नेपाली भन्दा गए गुज्रिएको पर्यटकहरु नेपाल आउने भएकोले नेपालको पर्यटन प्रबर्द्धन धेरै पर्यटक आउदा पनि आर्थिक लाभ कम हुने गरेको अध्यक्ष पालिखेले जनाए ।

सिम्रिक एयरका पश्चिम क्षेत्र इन्चार्ज कमल गौतमले आफुहरुले पोखरामा माउण्टेन फ्लाइट मात्र नभई उद्धार र राहतको समयमा समेत काम गर्दै आएको बताए । हेलिकोप्टर निषेधित क्षेत्रमा कुनै अप्ठ्यारोमा परेका व्यत्तिहरुको उद्धारमा कठिनाई भएको उनले गुनासो गरे ।

पर्यटक प्रहरी (सई) टिकाराम पोखरेलले सिवेक हस्पिटल महङगो भएको गुनासो आएको बताउदै पोखरामा आउने केही पर्यटक गुणस्तर हिनका भएको दाबी गरे ।

पोखरा साहसिक खेल गतिविधिको केन्द्र भएकोले भोलि हुन सक्ने दुर्घटनाको लागि पुर्व सर्तकता र विभिन्न संघ संस्थाहरुको सहकार्य हुनुपर्नेमा जोड दिइएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button