अस्ट्रेलियाको अग्नी पिडितलाई सहयोग जुटाउन सुन्दरीले राखिन नग्न तस्बिर

काठमाडौं  : अस्ट्रेलियाको जंगलमा लागेको आगोले पूरा विश्वको ध्यान खिचेको छ । विश्वका जोसुकै व्यक्ति आफ्नो तर्फबाट अग्निपीडितका लागि केही न केही सहगोग गर्न खोजिरहेका छन् । यस्तैमा केही व्यक्तिले निकै ठूलो रकम सहयोग पनि गरेका छन् ।

यसैबीच, एक मोडलले अग्निपीडितको मद्दत गर्न अनौठो तरिका प्रयोग गरेकी छन् । यो तरिकाबाट उनले आठ करोड रुपैयाँको फन्ड जुुटाएकी छन् । कैलेन वार्ड नामकी मोडलले यो तरिकाबाट यति रकम जम्मा पारेकी हुन् ।

कैलेनले हालै सोसल मिडियामा लेखिन्, ‘जसले मलाई १० डलर (सात सय भारु) या योभन्दा धेरै डोनेसन दिन्छ उसलाई म आफ्नो न्युड सेल्फी (नांगो फोटो) पठाउनेछु ।’

इन्स्टाग्राम र ट्विटरमा खबर आगो झैं फैलियो । कैलनको यो पोस्ट भाइरल हुँदै गयो । यसको साथै कैलनलाई डोनेसनको ओइरो पनि लाग्न थाल्यो । तर न्युड तस्बिर सेयर गरेपछि इन्स्टाग्रामले उनको अकाउन्ट ब्लक गरिदिएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button