लन्डनमा धारिलो हतियार रोपेर ३ को हत्या

पोखरा न्यूज – ०६, माघ । पुर्वी लन्डनको एल्मस्टिड रोडमा धारिलो वस्तु रोपेर तीनजनाको हत्या गरिएको छ । स्थानीय  मेट्रो प्रहरीका अनुसार मृत्यु भएकाहरु २० देखि ३० वर्ष उमेर समुहका रहेका छन् ।

स्थानीय समय अनुसार आइतबार साँझ ७ बजे भएको घटनामा तीनै जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । मृतकहरुको पहिचान नखुलेको र तिनीहरुको आफन्त खोज्ने प्रयास जारी रहेको पनि प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न कसैलाई हालसम्म पक्राउ गरिएको छैन । त्यस क्षेत्रमा अनुसन्धानका लागि अतिरिक्त प्रहरी बल थपिएको र घटनास्थलको फरेन्सिक परीक्षण जारी रहेको पनि युके प्रहरीको वेबसाईटमा उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button