नेकपा वडाध्यक्षको निधन

पोखरा न्यूज – ०६, माघ । बैतडीको डिलाशैनी गाउँपालिका –४ का नेकपा वडाध्यक्ष ६२ वर्षीय परमल बोहराको निधन भएको छ । बोहराको आज सोमबार निधन भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

मुटु र फोक्सो सम्बन्धी बिरामी रहनुभएका बोहराको आज मठैराजस्थित घरमै निधन भएको हो । वडाध्यक्ष बोहरा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्यसमेत थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button