गण्डकी प्रदेशको समृद्धिको लागि लगानी गर्न एनआरएन तयार

दीननाथ बराल, पोखरा न्यूज – ०६, माघ । गण्डकी प्रदेशको आर्थिक विकास र समृद्धि हासिल गर्न गैर आवासीय नेपाली संघ (एनआरएन) ले पर्यटन र उर्जामा लगानी गर्न तयार भएको छ । गण्डकी प्रदेशमा आर्थिक विकास र समृद्धि हासिल गर्न उपयुक्त वातावरण भएमा पर्यटन र उर्जामा एनआरएनले लगानी गर्न तयार भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रदेशमा आफुहरुले प्रदेश सरकारसंग जलश्रोत र पर्यटनका केही योजनामा सम्झौता गरी अघि बढ्ने योजना रहेको एनआरएनका अध्यक्ष कुमार पन्तले बताए । गैर आवसीय नेपालीले नेपालमा लगानी गर्नुपर्छ भन्ने मान्यताले हाल आफुहरुले विभिन्न क्षेत्रमा लगानी गर्दै आएको अध्यक्ष पन्तले बताए । उनले भने “ हाम्रा केही एनआरएनहरुले केही पर्यटनका क्षेत्रमा लगानी गरी राम्रो प्रतिफल लिन थालेका छन्, हामीले आफ्नो देशमा लगानी नगरी विदेशीले कसरी लगानी गर्न प्रोत्साहित हुन्छ, त्यसकोे लागि पनि पहिला हाम्रो लगानी आवश्यक हुन्छ । ”

एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको प्रत्यक्ष बैठक यही माघ ४ र ५ गते कास्कीको रुपाकोटमा सम्पन्न भएसँगै सोमबार गण्डकी प्रदेशमा लगानी प्रबर्द्धन गर्ने सम्बन्धमा प्रदेश सरकार र गैरआवासीय नेपाल संघबीच अन्तरक्रिया कार्यक्रममा समेत एनआरएनको टोली सहभागि भएको थियो । उक्त बैठकले गरेको निर्णय सार्वजनिक गर्दै अध्यक्ष पन्तले नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न सक्रिय रुपमा लाग्ने बताए । थप घनीभूत बनाउन संघका राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषदको वार्षिक कार्यक्रमको रणनीतिक योजना आगामी एक महिना भित्र सार्वजनिक गरिने भएको उनले जनाए ।

हिउँ पग्लेको ३ हप्तामा गोर्खाको भूकम्प प्रभावित क्षेत्र लाप्राकमा हाल निर्माण गरेको घर सहितको शौचालय समुदायलाई हस्तान्तरण गर्ने भएको छ । एनआरएनले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पन्तले अब हिउँ पग्लेको ३ हप्ता भित्र भूकम्प प्रभावित लाप्राकमा हाल निर्माण हुदै गरेको घर सहितको शौचालय समुदायमा हस्तान्तरण गर्ने बताएका हुन।

एनआरएनका निवर्तमान अध्यक्ष भवन भट्टको पालामा करिब ६० करोडको लागतमा सुरु भएको उक्त प्रोेजेक्टमा हाल ५ सय ७३ घर निर्माण कार्य सम्पन्न भए पनि शौचालय हाल नेतृत्वको एनआरएनको पहलमा निर्माणको माग भएकोले केही समयमा अब उक्त घर सहितको शौचालन हस्तान्तरण गरिने भएको अध्यक्ष पन्तले जनाए । उनले भने “ हामीले भूकम्प प्रभावित क्षेत्र लाप्राक पर्यटकीय क्षेत्रको रुमपा प्रबर्द्धन हुने गरी घर सहितको सौचालन निर्माण गर्दैछौं, भूकम्प प्रभावितहरु केही अनौपचारिक रुपमा उक्त घरमा बस्न थालेका छन भने केहीले लालपूर्जाको पर्खाइमा रहेकाछन्। ”

एनआरएन विश्व सम्मेलनलाई प्रभावकारी बनाउनको लागि संघको अन्तराष्ट्रिय महाधिवेसन नभएको वर्ष, विज्ञ सम्मेलनको साथमा आयोजना गरिने, नेपाल सरकारको साझेदारीमा अक्टोवर २०२० मा दोश्रो विश्व विज्ञ सम्मेलन गरिने भएको अध्यक्ष पन्तले जनाए । उक्त बैठकले स्मार्ट एनआरएनए परियोजना र एनआरएनए फाउण्डेसन स्थापना लागि विधानमा संशोधन गर्न आवश्यक विषयहरु १ महिना भित्र पहिचान गरी संघको विशेष महाधिवेसनको मिति समेत तय गरिने भएको छ । बैठकले काठमाण्डौं महानगरमा नमुना सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । उक्त प्रोजेक्टको लागि ४० लाख सहयोग संकलन भएको संघले जनाएको छ । त्यसै गरी छात्रा शौचालय समस्या रहेका विकट तथा ग्रामिण क्षेत्रका विद्यार्थीहरुसंग सहकार्य गरी शौचालय निर्माण कार्य अघि बढाउने निर्णय समेत गरेको अध्यक्ष पन्तले जनाए ।

बैठकले सरकारले घोषणा गरेको तर कान्वयनमा नआएको वैदेशिक सामाजिक सुरक्षा कोषको यथाशिघ्र कार्यान्वयन गर्न तथा महिला कामदारको समस्या समाधान लगायतका बिषयमा नेपाल सरकारका सम्बन्धित निकायसंग पहल गर्ने निर्णय गरेको छ । उक्त बैठकले अष्ट्रेलियामा लागेको डढेलोको कारण हुन गएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृत आत्माको शान्तिको कामना गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button