कोरियन रेस्क्यू टिमसहितको हेलिकोप्टर हिमपहिरो प्रभावित क्षेत्रमा अवतरण गर्न सकेन

दीननाथ बराल- पोखरा न्यूज – ६, माघ । अन्नपूर्ण पदमार्गमा पर्ने देउराली लगायतको हिमपहिरो प्रभावित क्षेत्रमा सोमबार  पुगेको कोरियाको रेस्क्यू टिम सहितको हेलिकोप्टर आकासबाटै अवलोकन गरेर फर्किएको छ । हिउपहिरो गएको क्षेत्रमा कोरियन टिमले कुनै मानिस वा मानिसको अवशेस  रहे नरहेको पत्ता लगाउने प्रविधि लगेपनि प्राविधिक कारणले सोमबार प्रयोग गर्न नसकिएको  कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए ।

अत्याधिक चिसोको कारण व्याट्रि सकिएकोले उक्त प्रविधिले पुनः भोलि(मंगलबार) परिक्षण गरिने  भएको प्रजिअ केसीले जनाए । कोरियन टोली सहित सोमबार नेपाली सेनाको तालिम प्राप्त १० जनाको एक टोली उद्धारको लागि हेलिकोप्टर मार्फत हिमपहिरो प्रवाभित क्षेत्रको आकासमा पुगेपनि अवतरण गर्ने स्थल  जोखिमपूर्ण  भएकोले फर्किएको प्रजिअ केसीले पोखरा न्यूजलाई बताए  ।

नेपाली सेनाको २६ सिटे हेलिकोप्टर र सिम्रिक एयरको हेलिकोप्टर हिमपहिरो गएको क्षेत्रमा कोरियन तथा नेपाली सेनाको रेस्क्यू टिम सहित वेपत्ता  भएका कोरियनका आफन्तलाई  हिमपहिरो प्रभावित क्षेत्र तर्फ लगेका हुन् । हिमपहिरोको कारण वेपक्ता भएका ३ नेपाली, ४ कोरियन सहित ७ जनाको खोजि कार्य भैरहेको छ ।

हिमपहिरो निरन्तर खसेकाले सो क्षेत्रमा उद्धार गर्न  कठिन हुने भएको ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघका सचिव जिवनराम सापकोटाले बताए । उनले भने “ अब सो क्षेत्रमा हिउँ नपग्लीकन हामीले केही गर्न सक्ने अवस्था छैन, हाम्रो एक टोली हिमपहिरो भएको स्थानमा पुगेर गएराति एक बजे पोखरा फर्किएको छ । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button