ग्ल्यामरमा अगाडी बढ्छु : अभिनेत्री निरिशा

राजाराम पौडेल, पोखरा न्यूज – ०७, माघ । बलिउडबाट नेपाली चलचित्र क्षेत्रमा आएका कारण आफुबाट दर्शकको अपेक्षा धेरै भएको कारण प्रेसर बढी रहेको अभिनेत्री निरिशा बस्नेत बताउँछिन् ।

नेपाली चलचित्रमा अभिनय गर्नको लागि पहिल्यैबाट अफर आएपनि विषयवस्तु मन परेर ‘जानी नजानी’बाट डेब्यु गरेको उनले सुनाइन् । ‘चलचित्रको ‘कन्टेन्ट’ मन परेरै नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेको हुँ’ उनले भनिन् । लिड रोल तथा प्रोजेक्ट राम्रो लागेको कारण नेपाली चलचित्रमा डेब्यु गरेको उनले खुलाइन् । यो चलचित्रबाट उनको राम्रो चर्चा भयो । उनलाइ सम्भावना बोकेको नेपालि चलचित्रको नायिकाको रुपमा हेरिएको छ ।

यसअघि उनले बलिउडमा रहेर स्टार प्लस च्यानलबाट आउने ‘चन्द्रनन्दिनी’ नामक टेलिसिरियलमा मूख्य अभिनेत्रीको रुपमा काम गरेकी थिइन् । बलिउड र कलिउड चलचित्रमा धेरै भिन्नता रहेको उनी बताउँछिन् । बलिउडमा प्रबिधि र लगानी धेरै हुने गरेपनि नेपाली चलचित्रमा सिमितता हुने गरेको उनले सुनाइन् ।

उनीसँग यसअघि नेपालमा भिजे तथा मोडल बनेर काम गरेको अनुभव पनि छ । भविष्यमा उत्कृष्ट नायिका बन्ने लक्ष्य उनको रहेको छ । उनी निरन्तर ग्ल्यामर इन्डष्ट्रिजमा नै काम गर्ने वाचा गर्छिन् । ‘अभिनय मेरा लागि शोख हो, ग्लामर्सलाई लिएर अगाडी बढ्न चाहन्छु’ उनले भनिन् । उनी मिस टुरिजम क्विन २०१५ समेत भएकी थिइन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button