आगलागीबाट एकै परिवारका ५ जनाको मृत्यु

पोखरा न्यूज – ०७, माघ । भियतनामको दक्षिण शहर हो चि मिन्ह्मा मङ्गलबार बिहान सबेरै भएको एक आगलागीमा परी पाँच व्यक्तिको मृत्यु भएको छ ।

स्थानीय समयानुसार मङ्गलबार विहान ४ बजे सो आगालगी शुरु भएको थियो । आगलागीमा परेर एकै परिवारका पाँच व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा ७०, ४४ र ३० वर्षका महिला, ४० र ३७ वर्षका पुरुष छन् ।  आगलागी नियन्त्रण २२ जना अग्निनियन्त्रक घटनास्थलमा पुगेका र आगलागीको कारणका बारेमा अनुसन्धान शुरु भएको छ ।

सन् २०१९ मा भियतनाममा भएका ३ हजार ७ सय ५५ वटा विस्फोट र आगलागीका घटनामा परी १ सय १२ जनाको मृत्यु हुनुका साथै अन्य १ सय ७७ जना घाइते भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button