कोरियन टोलीको डिभाइसले गर्‍यो बेपत्ता पर्यटक पदमार्गमा पुरिएको संकेत

दीननाथ बराल,पोखरा न्यूज – ०७, माघ । अन्नपूर्ण पदमार्गमा पर्ने देउराली लगायतको हिमपहिरो गएको क्षेत्रमा बेपत्ता भएका पर्यटकहरु हिउँ पहिरोमै पुरिएको हुन सक्ने आशंका गरिएको छ । कोरियन टोलीद्धारा ल्याएको एक प्रविधि (डिभाइस) ले बेपत्ता भएकाहरु हिउँमै पुरिएको संकेत  गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए ।

नेपाली सेनाको तालिम प्राप्त १५ जनाको टोली हेलिकोप्टर मार्फत देउरालीमा अवतरण गरी बेपत्ता भएकाहरुको खोजीका लागि हिउँ उत्खनन गर्ने भएको प्रजिअ केसीले पोखरा न्यूजलाई  बताए । उनले भने “ कोरियन रेस्क्यू टिमले ल्याएको डिभाइस हिमपहिरो गएको क्षेत्रमा छाड्दा मानिस भएको संकेत गरेकोले सो क्षेत्रमा रहेको हिउँ हटाउने कार्यमा सेनाको टोली लाग्ने छ । ”

नेपाली सेनाको टोलीसहित टानका प्रतिनिधि समेत हिमपहिरो भएको ठाउँमा पुगेको छ । गत बिहीबार र शुक्रबार भएको  हिमपात र हिमपहिरोको कारण बेपत्ता भएका ३ नेपाली, ४ कोरियन सहित ७ जना को खोजि कार्य भइरहेको छ ।

प्रतिकुल मौसमका कारण यस अघि हेलिकोप्टर हिमपहिरो गएको क्षेत्रको आकाशबाट अवलोकन गरेर फर्किएको थियो । टानको एक टोली जिप तथा सडक मार्ग हुँदै हिमपहिरो भएको स्थलमा पुगेर फर्किसकेको छ ।

उक्त क्षेत्रमा अत्याधिक हिउँ गएकोले अझै केही दिन हिउँ पग्लन समय लाग्ने स्थानिय बताउछन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button