मिनी ट्रक दुर्घटना हुँदा ६ को मृत्यु, ३२ बढी घाइते

पोखरा न्यूज – ०७, माघ । धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा आइचर मिनी ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीनजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

उपचारका क्रममा जिल्ला अस्पताल धादिङमा उनीहरुको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा ३२ भन्दा बढी घाइते भएका छन् । ढोला मण्डलीबाट धादिङबेंसीतर्फ आउँदै गरेको ग१ख ८०१२ नंको आइचर यात्रु बोकेर तीव्र गतिमा कुदाएका कारण अनियन्त्रित भई दुर्घटना भएको हो ।

घाइतेलाई स्थानीय बासिन्दा र नेपाल प्रहरीले उद्धार गरेका थिए । घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । गम्भीर घाइते ७ जना घाइतेलाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौँ लाने लागिएको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button