आज मौसम सफा रहने, यस्तो हुनेछ अबको तीन दिनको मौसम

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा रहेको जनाएको छ । आज विहान ६ बजे मौसम सम्बन्धी जानकारी दिँदै महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको हो । बुधबार देशभरिकै मौसम सफा हुने मौसमविद्ले बताएका छन् । अहिले तराई र पहाडी भूभागमा लागेको हुस्सु र कुहिरो दिउँसोपछि हटेर देशभरिकै मौसम सफा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अबको तीन दिन कतै पनि पानी र हिउँ पर्ने सम्भावना नरहेपनि तराईमा हुस्सु र कुहिरो लागेर राम्रोसँग घाम नलाग्दा चिसो बढ्ने जनाईएको छ ।

बुधबार बिहान १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको तापक्रम दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ । त्यस्तै पाेखराकाे तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ८ गते (बुधबार)

दिउँसो : मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सुरकुहिरो रहनेछ।

रातिः मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सुरकुहिरो रहनेछ।

माघ ९ गते (बिहिबार)

दिउँसो स् मौसम सामान्यतया सफा रहनेछ । मध्य तथा पुर्वी तराईका भू-भागमा हुस्सुरकुहिरो रहनेछ।

रातिः देशको पुर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ १० गते (शुक्रबार)

दिउँसो  देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

तराईका अधिकांश भू-भागमा हुस्सुरकुहिरो रहने र ती स्थानमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु आम सर्वसाधारणमा महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button