सुनको मूल्य घट्यो

पोखरा न्यूज – ०८, माघ । सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ५ सयले घटेको छ ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७४ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ५ सयमा झरेको छ । मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार पुगेको थियो ।

सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ८ सय ८० तोकेको छ । पछिल्ला समय सुनको मूल्यमा निकै उतारचढाव देखिएको छ । माघ लागेसँगै सुनको मूल्यमा निरन्तर उकालो लागिरहेको छ । एक साताको अवधिमा सुनको मूल्य तीन पटक वृद्धि भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button