चीन पछि युरोपसँग कर युद्ध छेड्दै अमेरिका

पोखरा न्यूज – ०८, माघ । चीनसँगको व्यापार युद्धबाट अनन्त पछि हटेको अमेरिकाले अब युरोपसँग पनि कर युद्ध थाल्ने संकेत दिएको छ ।

स्वीजरल्यान्डको डाभोसमा जारी विश्व आर्थिक मञ्चको सम्मेलनमा अमेरिकाका ट्रेजरी सेक्रेटरी स्टेभेन मुचिन र उनका ब्रिटिस समकक्षी साजिद जाविदले एक अर्कालाई लक्षित गर्दै त्यस्तो अभिव्यक्ति दिएका हुन् ।

जाविदले युरोपमा सामाजिक सञ्जाल तथा अन्य प्रविधी कम्पनीलाई करको दायरामा ल्याउने बताएसँगै स्टेभेनले पनि युरोपले त्यसो गरे अमेरिकाले पनि कार (अटोमोबाइल) उद्योगमा सोही किसिमको कर लगाउने चेतावनी दिएका हुन् ।

यसअघि फ्रान्सले डिजिटल करको डाउनपेमेन्ट गर्न त्यस्ता प्रविधि कम्पनीलाई दिएको निर्देशन अमेरिकाले फ्रेन्च वाइनमा कर वृद्धि गर्ने धम्की दिएसँगै निलम्बन गरेको थियो । ब्रिटेनका साजिद जाविदले भने अमेरिकाको धम्कीबाट नडराउने र ब्रिटेन पछि पनि नहट्ने बताएका छन् । उनले आगामी अप्रिलबाट त्यस्तो कर प्रभावमा आउने पनि उल्लेख गरे ।

स्टेभेनले भने ब्रिटेन छिटै युरोपियन युनियनबाट बाहिरिने हुँदा ब्रिटेन बाहिरिएपछि अमेरिका र युरोपबीच नयाँ सम्झौता गर्न सकिने प्रतिक्रिया दिए । उनले छलफल बाटो खुला रहेको बताउँदै छलफल उच्च तहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनबीच हुने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button