लिटल फेरी पोखराको उपाधि स्यारोनलाई

राजाराम पौडेल, पोखरा न्यूज – ०९, माघ । पोखरामा आयोजित लिटल फेरी पोखरा २०१९ को उपाधि स्यारोन बुढामगरले जितेकी छन् । ग्लोबल कलिजियट स्कुलमा कक्षा ५ मा अध्ययनरत १० वर्षिय स्यारोन २५ जना प्रतियोगी मध्ये अब्बल बन्दै उपाधि चुमेकी हुन् ।

उनले मष्ट हार्डवर्किङको सवटाइटल समेत पनि प्राप्त गरिन् । एस टी क्रियशन म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा पोखराका बिभिन्न १६ बिद्यालयका ७ वर्ष देखि १२ वर्षसम्म उमेरसमुहका नानीहरुले भाग लिएका थिए ।

तेश्रो संस्करणको यस प्रतियोगीतामा फस्ट रर्नसअप सिम्रन मल्ल र रेजलिन श्रेष्ठ, सेकेन्ड रर्नसअप अनन्य खत्री र एन्जिया थापा, थर्ड रर्नसअप सचिना गुरुङ र इप्शा न्यौपाने हुन सफल बने । भिवर च्वाईसको पुरस्कार ग्रिष्मा गिरीले जितिन् ।

प्रतियोगीहरुलाई बोल्ने कला, स्टेज प्रस्तुती, प्रश्न उत्तर बिधि, अनुशासन, सामुहिक नृत्य, आर्ट एण्ड क्राफ्ट, चित्रकला, क्याट वाक आदीमा दख्खलता हासिल गरी फाइनल प्रतिष्पर्धामा उतारिएको कार्यक्रम संयोजक ईनिशा दुरा मगरले जनाइन् ।

सहभागी हुनेहरुमा समी थापा मगर, खुशी गुरुङ, आस्था गुरुङ, प्रिन्सा थापा,, प्रश्ना बलमपाकी, प्राश्ना पौडेल, किञ्जल कुँवर, लिजा पुन मगर, सारा गुरुङ, कुशुम श्रेष्ठ, इप्शु न्यौपाने, सुभनिमा गुरुङ, आरोही जिसी, सुवी पौडेल, सजना पोखरेल, सन्ध्या मल्ल र तमन्ना गुरुङ समेत थिए ।

ट्यालेन्ट राउण्ड मार्फत नृत्य, गायन, चित्रकला, बत्तृत्वकला आदी आफ्ना प्रतिभा प्रस्फुटन गरेका उनीहरु सबैले कम्तिमा एक–एक वटा सवटाइटल हात पारे ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button