भालेको आक्रमणबाट एक भारतीयको मृत्यु

पोखरा न्यूज – ०९, माघ । भाले जुधाउन लैजादैँ गरेको एक भालेको आक्रमणबाट एक भारतीयको मृत्यु भएको छ ।

दक्षिणी भारतको आन्ध्र प्रदेश राज्यमा भएको घटनामा सरिपल्ली चनाभेंकटेस्वरम राव नाम गरेका ५० वर्षीय पुरुषको मृत्यु भएको हो । भाले जुधाईका लागि लैजादैँ गरेको कुखुरा फुत्कन प्रयास गर्दा खुट्टामा बाँधिएको ब्लेडले उनको घाँटीमा लागेको थियो । घाँटीमा चोट लागेर अस्पताल पुर्याइएको उनको स्ट्रोकका कारण मृत्यु भएको बताइएको छ ।

भारतमा सन् १९६० देखि भाले जुधाई अवैध ठहर गरिए पनि थुप्रै ठाउँमा यसलाई लोकप्रिय खेलमा रुपमा खेलाइने गर्छ ।जनावरविरुद्ध हुने क्रुरता बचाउन २०१४ मा भारतको सर्वोच्च अदालतले जारी गरेको एक विशिष्ट ऐनले नै यस खेललाई वर्जित गर्छ । खेलसँगै चर्को सट्टेबाजी हुने भएकाले पनि यस खेल अझै बदनाम छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button