दैलेखमा भत्काइए २ सय ४१ छाउगोठ

पोखरा न्यूज – ०९, माघ । गृह मन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत दैलेखमा दिनहुँ धमाधम भत्काउन थालिएको छ । गत पुस २१ गतेदेखि थालिएको अभियानमा विभिन्न स्थानीय तहमा गरी २ सय ४१ छाउगोठ भत्काइएको हो ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत पुस २१ देखि यही माघ ६ गतेसम्म पाँच स्थानीय तहमा छाउगोठ भत्काइएको हो । दैलेखको अछामसँग सिमाना जोडिएको आठबिस नगरपालिका जिल्लाकै बढी १ सय १२ छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए ।

त्यसैगरी भैरवी गाउँपालिकामा ५८, दुल्लु नगरपालिकामा १३, गुराँस गाउँपालिकामा तीन, चामुण्डाविन्द्रासैनी नगरपालिकामा २० र अन्य स्थानीय तहमा गरी २ सय ४१ छाउ गोठ भत्काइएको उनले जानकारी दिए । जिल्लामा सामाजिक कु–संस्कारका रूपमा व्याप्त प्रथा उन्मूलनका लागि स्थानीय प्रशासनले कडाइका साथ काम गरेको भए पनि मनको छाउ नभत्केको नारायण नगरपालिका– १ दैलेखका समाजसेवी मनोज थापा बताउछन।

पहिलो चरणमा ११ वटै स्थानीय तहमा छाउपडी उन्मूलनसम्बन्धी अन्तक्र्रिया र छलफल गरिएपछि दैलेखमा छाउगोठ भत्काउने अभियान थालिएको हो । छाउगोठ भत्काउन स्थानीय तहका जनप्रतिनिधिले पनि सक्रिय सहभागिता जनाएका छन् । तर पश्चिमको ठाटिकाँध गाउँपालिका, पूर्वको भगवती गाउँपालिका, महाबु गाउँपालिका र नौमूले गाउँपालिकामा छाउगोठ भत्काइएको छैन ।

ठाटिकाँधमा छुट्टै छाउगोठ नभएका घरकै गाई गोरु बाँध्ने ठाउँमा महिनावारी भएका महिला बस्ने गरेकाले गोठ भत्काउँदा घर भत्किने हुनाले गोठ नभत्काइएको प्रहरी निरीक्षक साउदले बताए । छाउगोठ भत्काउन बाँकी रहेका महाबु, भगवती, नौमूले र डुगेश्वर गाउँपालिकामा उस्तै समस्या भएको प्रहरी निरीक्षक साउदको भनाइ छ ।

दैलेखको पश्चिम नौमूले गाउँपालिकामा छाउप्रथा नरहेको र नौमूलेको सल्लेरीका केही ठाउँमा रहेको हुँदा त्यस क्षेत्रमा गाउँपालिकाबाट जनचेतनामूलक कार्यक्रम गरिने उपाध्यक्ष अमृता सिंहले बताउनुभयो । जिल्लाका अधिकांश बस्तीमा महिनावारी हुँदा बस्न छुट्टै छाउगोठ छैनन् । उनीहरू गाई भैँसीसँगै गोठमा बस्ने गरेका छन् । महिनावारी हुँदा गाईभैँसी बाँधेकै ठाउँमा बस्ने महिलाको सङ्ख्या जिल्लामा अत्याधिक छ ।

दुई मृत्यु

गत वर्ष छाउघरमै बसेका कारण सर्पले टोकेर चामुण्डाविन्द्रासैनी नगरपालिकामा गएको वर्ष दुई जना महिलाको छाउगोठमै बसिरहेका बेला मृत्यु भएको थियो । यो अभियानभन्दा अगाडि विभिन्न सरकारी एवं गैरसरकारी संस्थाले छाउगोठ भत्काउनाका साथै केही स्थानीय तहलाई छाउपडीमुक्त घोषणा गरिएको थियो । स्थानीयवासीमा जनचेतना नजगाइ छाउगोठ भत्काइए पनि पुनःमहिला नछुने भएका बेला छाउगोठमा बस्दै आएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button