म्याग्दीमा घाँस काट्न हिँडेका पुरुष मृत फेला

पोखरा न्यूज – ०९, माघ ।  म्याग्दीमा घाँस काट्न हिँडेका एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ ।

म्याग्दीको धौलागिरी गाउँपालिका-४ मुदीका ४० वर्षीय महेन्द्र गर्बुजाको भीरको खोचमा खसेर मृत्यु भएको हो । बिहीबार बिहान अन्दाजी ११ बजे घाँस काट्न भनी हिडेँका गर्बुजा घर नफर्के पछि खोज्न जाँदा सिग्वाङ जङ्गलमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button