टिपरको ठक्करबाट एक महिलाको मृत्यु

पोखरा न्यूज – ०९, माघ । टिपरको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगर बजारमा आज अपरान्ह एक महिलाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत भाषीतर्फबाट ग्राभेल लिएर भीमदत्तनगरतर्फ आइरहेको से१क ८८७ नं को टिपरको ठक्करले पैदलयात्रु महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । मृतक महिलाको सनाखत हुन नसकेको पनि उनले बताए ।

टिपर चालकको लापरवाहीका कारण मृत्यु भएको भन्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् । भीडलाई नियन्त्रणमा लिन प्रहरीले घटनास्थलमा केही राउण्ड अश्रुग्याससमेत प्रहार गरेको छ । टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने महिलाको शव महाकाली अस्पताल पुर्याइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button