राष्ट्रियसभा निर्वाचन : गण्डकीबाट नेकपाका नारायणकाजी र न्यौपाने विजयी

काठमाडौं : राष्ट्रियसभामा रिक्त १८ पदका लागि बिहीबार भएको निर्वाचनको मतगणना सुरु भएको छ। मतगणनासँगै प्रारम्भिक नतिजासमेत आउन सुरु भएको छ। गण्डकी प्रदेशबाट नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्य पदमा निर्वा्चित भएका छन्। मतदानमा उनले ३४ सय ६२ मतभार पाएका छन्।

उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीले २२ सय ४४ मतभार पाए। त्यसैगरी, गण्डकीबाट नेकपा कै नेतृ भगवती न्यौपाने पनि विजयी भएकी छन्। उनी नेकपामा महिलातर्फबाट उम्मेदवार थिइन्। न्यौपानेले तीन हजार तीन सय ६६ मत ल्याइन्। उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार दुई हजार तीन सय ४० मतभार आयो। उनीहरूबीच मतान्तर एक हजार २६ छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button