राष्ट्रियसभाबाट कांग्रेसले गुमायो सात सिट

काठमाडौं:  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभाबाट सात सिट गुमाएको छ। आज बिहीबार भएको निर्वाचनबाट कांग्रेसले यस अघि जितेको सात सिट गुमाएको हो।  राष्ट्रियसभा बाट विदाई हुने कांग्रेसका सांसदहरुमा सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईं, विन्दादेवी आले, बद्री पाण्डे, मुक्तकुमारी यादव, धनकुमारी खतिवडा र दुर्गाप्रपसाद उपाध्याय छन्।

दुई वर्षे कार्यकाल रहेका यी सांसदहरुको कार्यकाल सकिएपछि बिहीबार निर्वाचन भएको थियो। निर्वाचन आयोगका अनुसार कांग्रेसले कुनैपनि सिट जित्न सकेन। दुई वर्षे कार्यकाल सकेर नेकपाका ८, कांग्रेसका ७, राजपाका २ र समाजवादीको १ गरी १८ सदस्यको पद फागुन २० देखि विदा हुँदैछन्।

२ वर्षअघि राष्ट्रिय सभाका सदस्यहरुको कार्यकाल गोलाप्रथाद्वारा तय गर्दा एकतिहाई सदस्य अर्थात् १९ जनाको दुई वर्ष परेको थियो। जसमध्ये १ जना राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ। अहिले कार्यकाल सकिनेमा नेकपाका सांसद तथा अर्थमन्त्री खतिवडालाई राष्ट्रपतिबाट मनोनित सदस्य हुन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button