चायल्ड आइकन पोखराको फाइनल शनिबार हुने

राजाराम पौडेल,पोखरा न्यूज – १०, माघ । मिडिया ल्याण्डले पोखरामा आयोजना गरेको दोस्रो संस्करणको चायल्ड आइकन पोखराको फाइनल माघ ११ गते शनिबार हुने भएको छ । यो बालबालिकाको प्रतिभा प्रस्फुटन तथा व्यक्क्तित्व विकास गर्ने कार्यक्रम हो । कार्यक्रममा पोखराका १५ विद्यालयबाट ५० जना बालबालिकाको सहभागीता रहेको आयोजक मिडिया ल्याण्डको एम.डि. प्रतिमा श्रेष्ठले जनाइन् ।

पोखरा सभागृह हलमा हुने फाइनल प्रतियोगीतामा जुनीयर तथा सिनियर गरी दुई समुहमा विभाजन गरी प्रतिष्पर्धा गर्नेछन् । दुवै सुमुहबाट एकमुष्ट एक जना आइकन छानिनेछ । फस्ट रर्नसअप र सेकेन्डरर्नसअप सिनियर र जुनिएर दुवै विधातर्फ एक–एक जनाका दरले गरी कुल ४ जना छानिने आयोजकले जनाए ।

उनीहरु सबै पोखरामा भएको अडिसन मार्फत छानिएका हुन् । छानिएका प्रतिभालाई व्यक्त्तित्व विकास, सामाजिक चेतना, पारिवारिक चेतना लगायतका तालिम मार्फत निखारिता थपेर अन्तिम प्रतिष्पर्धामा उतार्न लागिएको हो ।

प्रतियोगीताको ट्यालेन्ट राउण्ड गत शनिबार पोखरामा भएको थियो । टयालेन्ट राउण्डमा प्राप्त गरेको अंक र ग्राण्ड फिनालिमा उनीहरुले गरेको पर्फमेन्सको आधारमा विजेता छनोट गरिनेछ । विजेता तथा उपविजताले अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिन पाउने श्रेष्ठले जनाइन् । टर्की, बुल्गेरिया, ब्राजिल, साउथ अफ्रिका लगायतका देशमा प्रतिष्पर्धा गर्न उनीहरुले पाउनेछन् ।

यसअघि बुल्गेरियामा भएको कार्यक्रममा रोजा पाण्डेले उपाधि जितिन् । विशेषता बुढाथोकीले टर्की र बुल्गेरीया, अनिषा थापाले बुल्गेरीया, मेघिका काप्रीले टर्की, प्रयाग काफ्ले र दिव्यश्वरी भट्टराईले बुल्गेरीयामा सहभागी भई सवटाइटल जितिसकेका छन् ।

मिडिया ल्याण्डले सन् २०१० बाट काठमाण्डौमा चायल्ड आइकन गर्न सुरु गरेको थियो । सन् २०१२ जुनियर र सिनियर प्रतिभा एउटै मञ्चबाट छान्न थालियो । सन् २०१६ बाट यसलाई छुट्टाछुट्टै रुपमा आयोजना गर्न थालिएको छ । हालसम्म झण्डै पच्चिस सय बाबुनानीलाई अडिसन मार्फत सामेल गराइसकेको यो संस्था मोफसलमा भने पहिलोपटक चायल्ड आइकन पोखरा सिजन वान मार्फत दूई वर्ष अगाडी पोखरामा आएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button