एन्फा कास्की अध्यक्ष मिलन गुरुङ पोखरामा पक्राउ

पोखरा न्यूज – १० , माघ । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन् ।

गुरुङ बैंकिङ कसुरको जाहेरीका आधारमा शुक्रबार पोखराबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले पोखरा न्यूजलाइ बताए ।

बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको बैंकिङ कसुर अन्तर्गतको जाहेरीमा गुरुङलाई शुक्रबार दिउसो करिव २:१५ मा पोखराबाट पक्राउ गरिएको डिएसपी केसीले जानकारी दिए ।

यसअघी आफूमाथि हातपात भएको भन्दै गुरुङले दिएको जाहेरीका आधारमा गण्डकी प्रदेश सांसद दीपक मनाङे बिहीबार पक्राउ परेका थिए ।

मनाङेलाई सार्वजनिक अपराध अन्तर्गत जिल्ला प्रशासन कार्यालय कास्कीले दुई दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button