गायक साहिल खड्काको ब्रेकअप गीत सार्वजनिक(भिडियो सहित)

रेजिना कटुवाल,पोखरा न्युज-१०,माघ। गायक साहिल खड्काले आफ्नो पाँचौ गीत ‘हिजो आज’ सार्वजनिक गरेका छन् ।

यस अघि ४ वटा गीतमा आवाज दिइसकेका खड्काले ब्रेक अप गीतका रुपमा आफ्नो पाँचौ गीत पस्केका हुन् । गीतमा खड्कासँगै गायिका प्रविशा अधिकारीले पनि आवाज दिएकी छिन् ।

भिडियोमा साहिल खड्काले टिकटककी भाइरल एलिसा पुन मगरलाई साथ दिएका छन् । भिडियोको निर्देशन भने ब्रायन राईले गरेका छन् ।

उनले त्यसअघि त्यो मनमा मेरो लागि, गालैमा कालो कोठी, सरीमै लाउने , के यो माया हो लगायत गीत ल्याइसकेका छन् । जापान बस्दै आएका साहिल साङ्गीतिक यात्रा अघि बढाउने उद्देश्यले नै नेपाल आएका हुन् । धन कमाउने उदेश्य बोकेर प्रदेश पसेका खड्कालाई नेपाली सांगीतिक मोहले नेपाल फर्कायो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button