नाटक महोत्सवमा शनिबार किशोरसँग नाटक संवाद

राजाराम पौडेल, पोखरा न्यूज – १० , माघ । पोखरामा आयोजित महानगरिय स्तरिय विद्यालय नाटक महोत्सव २०७६ मा शनिबार ‘किशोरहरुसित नाटक’ संवाद हुने भएको छ । दिउँसो पौने १ बजे हुने संवाद कार्यक्रममा अञ्जु दाहाल, नारायण पराजुली, निश्चल विमलसँग संवाद हुनेछ ।

शनिबारनै वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले लेखेको नाटक ‘आधा मरेका सन्तानहरु’ पोखरामा मञ्चन हुनेछ । विहान साढे ११ बजे र दिउँसो २ बजे गरी नाटक दूई सो मञ्चन हुनेछ । नाटक प्रगती माध्यामिक विद्यालयका कलाकारको अभिनयमा हेर्न पाइनेछ । नाटकको निर्देशक अञ्जु दाहाल हुन् ।

यो नाटक वि.सं. २०४७ सालमा सरुभक्तले लेखेका हुन् । सोही वर्ष नेपाल टेलिभिजनमा लय संग्रौलाको निर्देशनमा टेलि नाटकको रुपमा दखाइएको थियो । बालबालिकालाई अनावश्यक रुपले माया गर्यो भने उनीहरुको व्यक्त्तित्व कसरी कुण्ठित हुन्छ हुन्छ भन्ने सन्दर्भ  नाटकमा उठाइएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति समेत रहेका लेखक सरुभक्तले बताए ।

नाटकमा आयुषा नेपाली, दुर्लभ तुलाचन, दिक्षा कार्की, सजिन रेग्मी, सुजल वानिया, आलिया उलक, मनिषा थापा, सरू आर्चाय, अनुश श्रेष्ठ, अनुज थापा, सौगात बाँस्तोला, ग्रेस नेपाली र सुदिप बास्तोलाको अभिनय रहनेछ ।

नाटकको माहोल प्रगती माध्यमिक विद्यालयमा २०६१ सालदेखिनै भएको प्रिन्सिपल दिनेश श्रेष्ठ बताउँछन् । ‘हाम्रोमा २०६१ सालदेखिनै प्रकट पगेनी शिवले नाटक सिकाउनु हुथ्यो, यहाँ सिकेकाले विभिन्न ठाउँमा अवसर पाइरहेका छन्’ उनले भने । हरेक वर्ष एउटा नाटक तयार पार्ने गरिएको र नाटकतर्फ इच्छुकलाई अवसर दिदै आएको उनले बताए । अहिले पनि झण्डै १५ जनाले अभिनय सिकिरहेको प्रिन्सिपल श्रेष्ठले जनाए ।

‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल नाराका साथ पोखरा थिएटरले महानगर स्तरिय विद्यालय नाटक महोत्सव २०७६ गरेको हो । नाटक हेर्न विद्यार्थीलाई एक सय र अन्य सर्वसाधरणलाई दूई सय शुल्क लाग्नेछ । माघ ४ गतेबाट सुरु भएको महोत्सवमा शुक्रबार नाटक ‘मेरो बचपनको साथी’ मञ्चन गरियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button