राष्ट्रपतिले दिइन् सोनाम ल्होछारको शुभकामना

काठमाडौं । तामाङ समुदायले मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिएकी छन् ।राष्ट्रपति भण्डारीले सोनाम ल्होछार जस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास व्यक्त गर्दै शुभकामना सन्देश जारी गरेकी हुन् ।

शुभकामना सन्देशमार्फत् उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिको कामना गर्दै यस प्रकारका चाडपर्वको अहम् राष्ट्रिय महत्व रहेको बताइन्।

‘यस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छन,’ राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गर्दै समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा जागृत गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button