पोखरामा आधा किलो गाँजासहित एक पक्राउ

पोखरा न्यूज – ११ , माघ । पोखरामा आधा किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका-२९ सैनिकबस्ती बस्ने २७ वर्षीय रामकुमार ताम्राकारलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो । चेकजाँच गर्ने क्रममा ताम्राकार पोखरा-२९ टुँडाबाट ५ सय २० ग्राम गाँजासहित पक्राउ परेका प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरी बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button