यस्तो छ क्याननको शक्तिशाली वान डि एक्स मार्क थ्री

पोखरा न्यूज – ११ , माघ । क्याननले आफ्नो शक्तिशाली फ्लागशीप क्यामरा वान डि एक्स मार्क थ्री सार्वजनिक गरेको छ ।

यही जनवरीको पहिलो साता सार्वजनिक गरिएको मार्क थ्रीमा क्याननको आफ्नो पछिल्लो डिजाइनको २०.१ मेगापिक्सलको फुम फ्रेम सिमोस सेन्सर प्रयोग गरिएको छ । क्यामरामा डिजिक एक्स र डिजिक ८ प्रोसेसर रहेको छ जसले अघिल्लो डिजिक ६ प्लस भन्दा ३.१ गुणा शक्तिशाली फोटो प्रोसेसिङ गर्ने क्षमता राख्दछ । क्यामेराले अप्टिकल भ्यु फाइन्डरको प्रयोग गर्दा १६ फ्रेम प्रती सेमेन्ड तथा लाइभ भ्यु प्रयोग गर्दा २० फ्रेम तस्वीर प्रति सेकेन्ड खिच्ने क्षमता राख्नेछ ।

क्यामेरामा आइएसओ १०० देखि १०२४०० रेन्जसम्म विस्तारित छ भने ३ हजार ८ सय ६९ म्यानुअल फोकस पोइन्ट तथा ५ सय २५ अटोमेटिक फोस पोइन्ट रहनेछन् । त्यस्तै अनुहार, टाउको र आँखा पछ्याउने अटोफोकस प्रविधि र २० फ्रेम प्रतिसेकेन्ड तस्वीर खिच्ने क्षमताले क्यामराले तीव्र गतिमा चलायमान व्यक्ति वा वस्तुलाई पनि सजिलै खिच्न सक्नेछ ।

भिडियो तर्फ क्यामराले ४ के भिडियो ६० पिमा खिच्न सक्नेछ । क्यामरामा ३.२ इन्चको भ्यु फाइन्डर प्रयोग गरिएको छ भने वाइफाई, इथरनेट, ब्लुटुथ जस्ता सुविधा पनि उपलब्ध हुनेछ । क्यामराका अन्य फिचरमा टच अटोफोकस, जिपिएस, फुल चार्जमा २८ सय ५० फोटो खिच्ने ब्याट्री, धुलो/ मौसम रेजिस्टेन्स लगायत रहेका छन् ।

६४ जिबिको मेमोरी कार्डसहित क्यामराको बडीको मुल्य ६ हजार ५ सय अमेरिकी डलर कायम गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button