पोखराको पिएन क्याम्पसको पठनपाठन पुर्ण रुपमा बन्द

२ सय १८ प्राध्यापकले सामुहिक राजिनामा दिदै

पोखरा न्यूज – १२ , माघ । मुलुककै सबै भन्दा ठूलो, त्रिभुवन विश्वविद्यालयबाट उत्कृष्ट क्याम्पसको उपाधि प्राप्त र विश्वविद्यालय अनुदान आयोगबाट क्यु ए ए सर्टि्फिकेट प्राप्त पोखराको जेठो र देशकै सबै भन्दा ठुलो क्याम्पस पृथ्वीनारायण क्याम्पस स्नातक र स्नातकोत्तर तहका ७० प्रतिसत कक्षा भारहरु श्रेणी बिहिन (ज्यालादारी) प्राध्यापकहरुले पढाई रहेका छन् ।

क्याम्पको गुणस्तरमा सबै भन्दा पहिलो अंशका रुपमा रहने प्राध्यापकहरु पार्टटाइमका रुपमा रहेका श्रेणी बिहिन प्राध्यापकहरुले अध्यापन गराउदा क्याम्पसको अवस्था दयनिय वनेको छ । विगत १४ वर्ष देखि दैनिक ज्यालादारीका रुपमा अध्यापन गराईरहेका २ सय १८ जना आशिक प्राध्यापकहरुले सामुहिक राजिनामा दिने भन्दै आन्दोलनमा उत्रिएका छन् ।

आशिंक प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले क्याम्पस प्रशासनले विगत १४ वर्ष देखि सामान्य तल्लो स्तरको श्रमको मुल्य पनि नदिइ प्राध्यापन पेशामा लगाएको जिकिर गरे । उनले भने–“हामीलाई सामान्य रुपमा पिउनको जस्तो पनि व्यवहार यो क्याम्पसले गर्दैन, यस्तो अवस्थामा समान कामको समान ज्याला नभए सम्म हामी आन्दोलन फिर्ता लिने पक्षमा छैनौ ।” क्याम्पसमा कार्यरत ५ सय ४९ प्राध्यापकहरु मध्ये २ सय १८ जना आशिंक रहेको पनि उनले जानकारी दिए ।

संघका सचिव खिमानन्द पौडेलका अनुसार क्याम्पसको कतिपय अवस्थामा त नियमित कक्षा संचालन भैरहेको र कोर्ष नसकिएको अवस्थामा समेत कक्षा बन्द भएको सुचना जारी गरी पठनपाठन भएको दिनको समेत पारिश्रमिक दिईंदैन । पाठ्यक्रमले प्रस्ट रुपमा १ सय ५० पिरियड अध्यापन हुने निर्धारण गरेको भए पनि मुस्किलले एक शैक्षिक सत्र मा १ सय  दिनको पारिश्रमिकमा आंशिक प्राध्यापकहरु पुरा शैक्षिक सत्र प्राध्यापन गर्न बाध्य छन् । उनले भने–“यस हिसाबले सोही बराबरको काम गर्ने पुर्णकालिन प्राध्यापक को करिब १० प्रतिशत पारिश्रमिक मा नै आशिंक प्राध्यापक हरु सेवारत छन ।”

यसै क्रममा बिगत १४ बर्षदेखि विविध संघर्षका कार्यक्रमहरु मार्फत आफ्ना मागहरु राख्दै आएका आंशिक प्राध्यापकहरु अहिले फेरि अन्तिम आन्दोलनको नाममा विगत एक महिना भन्दा वदी समयवाट आन्दोलन गरेका हुन् । उनिहरुले चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपनि समस्या समाधान प्रति प्रशासनले कुनै चासो नदिएको भन्दै समस्या नभए सम्मको लागि कक्षा वहिस्कारको आन्दोलन सुरु गरेका छन् ।

आन्दोलनको कार्यक्रम अन्र्तगते गत मंसिर २९ गतेबाट बिरोधका बिभिन्न कार्यक्रम हरु गरिरहेको छ । यसै क्रममा ध्यानाकर्षण गराउने, सरोकारवाला हरुसंग को छलफल, सहायक क्याम्पस प्रमुख को कार्यकक्षमा तालाबन्दी हुदै क्याम्पस प्रमुख को कार्यकक्षमा तालाबन्दी र यहि माघ १३ गते सोमबारबाट अनिश्चितकालीन कक्षा बहिस्कार गर्ने र माग पुरा नभए सामुहिक राजिनामा दिने आशिंक प्राध्यापकसंघका अध्यक्ष गौतमले जानकारी दिए ।

आशिंक प्राध्यापकको आन्दोलनका वारेमा पृथ्वी नारायण क्याम्पसका प्रमुख प्रा.डा.चन्द्र वहादुर थापाले आशिंकको समस्या विशेष भएको धारणा राखे । उनले भने–“यो समस्या वास्तवमै विकराल समस्या हो तर पनि समाधान म सँगै छैन त्रिवीले यो विषयमा कुनै चासो दिदैन ।” उनका अनुसार स्नातकको कोर्ष दुुई वर्षेवाट चार वर्षे वन्यो अनि स्तानकोत्तरको कक्षा सेमेस्टरमा गएर छ जसका कारण नियमित पठनपाठन गराईरहेका शिक्षकहरु भन्दा अझै बढी प्राध्यापक आवस्यक छ तर माथी वस्नेहरुले समस्या नबुझेको पनि उनको भनाई थियो ।

यता विद्यार्थीहरुको हकका लागि स्थापित अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य तथा क्याम्पसक कमिटीका अध्यक्ष राजन शर्माले आशिंक प्राध्यापकहरुको समस्या जटिल हो तर आन्दोलनका नाममा विद्यार्थीको पठनपाठनमा कुनै अवरोध गर्न नहुने धारणा राखे । उनले भने–“ कसैले न्यून ज्यालामा पढाउन सक्दिन भन्न पाउँछ तर विद्यार्थीको पढाईलाई रोक्न पाईदैन, यसको जवाफ प्रशासनले दिनुपर्छ ।” कि तत्काल समस्या समाधान गर्नु पर्छ नत्र अर्को व्यवस्था गरेर भए पनि कक्षा संचालन हुनु पर्ने पनि उनको भनाई रहेको छ । उनले भने–“पठनपाठन अवरोधवाट उत्पन्न हुने कुनै पनि समस्याको जवाफ क्याम्पस प्रशासनले दिनु पर्छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button