आज र भोलि मौसममा बदली हुने, पश्चिममा वर्षाको सम्भावना

पोखरा न्यूज – १२ , माघ । केही दिनयता खुलेको मौसम आज देखि फेरि केही दिनसम्म बिग्रने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी तीनको मौसम पुर्वानुमान गर्दै तीनै दिन बदलीको सम्भावना रहेको जानकारी दिएको छ । मौसम पुर्वानुमान महाशाखाले आज जारी गरेको बुलेटिनमा आइतबारदेखि मङ्गलबारसम्म देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने जनाएको हो ।

आज आइतबार देशको पहाडी भूभागमा आंशिक बदली भई पुर्वी पहाडी भूभागका केही भूभागका १-२ स्थानमा हल्का हिमपातको संभावना छ । त्यस्तै भोलि सोमबार देशको पश्चिमी भूभागलगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने तथा मध्य र पूर्व तराईका भूभागहरुमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मङ्गलबार पनि देशैभर मध्यान्हसम्म मौसममा बदली हुने र त्यस पछि भने मौसममा सुधार हुनेछ । महाशाखाले पुर्वी उच्च पहाडी भूभाग तथा हिमाली भूभागमा हिमपात तथा तराईका केही भूभागमा हुस्सु कुहिरो लाग्ने भएकाले सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button