अत्याधिक बर्षाका कारण १४ को मृत्यु

पोखरा न्यूज – १२ , माघ । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा अत्याधिक बर्षाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।  मिनास गेरैस राज्य अन्तर्गत बेलो होराईजोन्टमा उनीहरुको मृत्यु भएको नागरिक रक्षा मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार अरु सात जना घाइते भएका छन् भने २५ सय ९० जना विस्थापित भएका छन् । त्यसैगरी ९ सय ११ जनालाई अस्थायी शिविरमा राखिएको छ ।

ब्राजिलको राष्ट्रिय मौसम तथा जलवायुसम्बन्धी कार्यालयले मिनास गेरैस राज्यको राजधानी बेलो होराईजोन्टमा शुक्रबारको पछिल्लो २४ घण्टामा १ सय ७१.८ मिलिमिटर बर्षा भएको जनाएको छ ।

कार्यालयका अधिकारीहरुका अनुसार विगत १ सय १० बर्षभरीमा बर्षासम्बन्धी यो विवरण अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button