भारतले गणतन्त्र दिवस मनाउँदै गर्दा आसाममा चार विस्फोट

पोखरा न्यूज – १२ , माघ । भारतमा गणतन्त्र दिवस मनाइँदै गर्दा आसाममा चार ग्रिनेड विस्फोट भएको छ ।

प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन । तीन वटा विस्फोट दिब्रुगढ र एउटा विस्फोट चराइदियो जिल्ला भएको जनाइएको छ ।

दिब्रुगढमा भएको एउटा विस्फोट ग्राहम बजार तथा अर्को विस्फोट एटी सडकमा भएको भारतीय स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दिब्रुगढकै दुलियाजान शहरमा भएको विस्फोटको विस्तृत विवरण भने आइनसकेको बताइएको छ ।

चराइदियो जिल्लामा भएको विस्फोट भने टियोक घाटमा भएको बताइएको छ । घटनाको पछाडि म्यान्मारमा अवस्थित विद्रोही समूह उल्फा रहेको प्रहरीले अनुमान गरेको छ । उल्फाले आसाममा आज बिहान देखि बेलुकासम्म हडतालको आव्हान गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button