पोखरा विमानस्थलबाट २९ राउण्ड गोलीसहित एक पक्राउ

पोखरा न्यूज – १२ , माघ ।  पोखरा विमानस्थलमा चेकजाँचका क्रममा राइफलमा प्रयोग हुने गोलीसहित एक पुरुष पक्राउ परेका छन् ।

विमानस्थलमा एक्सरे मेसिनले चेकजाँच गर्ने क्रममा पोखरा महानगरपालिका-२७ रिट्ठेपानीका ४० वर्षीय जितु शाहीको झोलामा गोली फेला परेको हो  ।

यति एअरको उडानमार्फत काठमाडौँ उड्न लागेका  शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ  ।

प्रहरीले शाहीको  साथबाट २२ बोर राइफलमा प्रयोग हुने २९ राउण्ड गोली बरामद गरेको  जनाएको छ ।

शाहीलाई नियन्त्रणमा लिएर  अनुसन्धान भैरहेको प्रहरीले  जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button