राष्ट्रिय भलिबल टोलीका कप्तान अरुणा पोखरामा सम्मानित

पोखरा न्यूज – १३ , माघ । राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही ‘प्रतिभा वर्ष पुरस्कार २०७६’ बाट सम्मानित भएकी छिन ।
पोखरा–३ नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयद्वारा आइतबार आयोजित कार्यक्रममा पोखरा महानगर प्रमुख मानबहादुर जिसीले उनलाई रु १  लाख , प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

नेपालमा गत मङ्सिरमा सम्पन्न सागमा शाहीकै कप्तानीमा नेपाली राष्ट्रिय महिला टोलीले हालसम्मकै ठूलो सफलता रजत पदक जितेको थियो । विद्यालयले हरेक वर्ष गण्डकी प्रदेशभित्रका प्रतिभाशाली युवालाई सम्मान गर्दै आएको छ । विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिभा वर्ष पुरस्कारबाट वार्षिक रुपमा १  जनालाई रु १ लाखसहित पुरस्कृत गर्दै आएको छ ।

विद्यालयले ‘प्रतिभा वर्ष पुरस्कार २०७४’बाट क्रिकेटर सन्दीप लामिछाने र गत वर्ष ‘प्रतिभा वर्ष पुरस्कार २०७५’बाट एचआइभी सङ्क्रमित भएर पनि सगरमाथाको सफल आरोहण गर्नुभएका गोपाल श्रेष्ठलाई सम्मान गरेको विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले जानकारी दिए  ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यालयकी पूर्वछात्रा सुमिना गुरुङलाई रु ५० हजारसहित सम्मान गरिएको कार्यक्रम संयोजक किरण सापकोटाले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button