इरानी विमान सडकमा उत्रियो, सबै यात्रु सकुशल

पोखरा न्यूज – १३ , माघ । इरानी यात्रुवाहक विमान बान्दर–ए–मासार बिमानस्थलमा सोमबार अवतरण गर्नेक्रममा उछिट्टिएर नजिककै सडकमा आकस्मिक अवतरण गरेको इरानी अधिकारीहरुले बताएका छन् ।

राज्य सञ्चालित टेलिभिजनले स्थानीय अधिकारीहरुको भनाई उद्धृत गर्दै विमानमा सवार यात्रुसमेत चालक दलका सबै सदस्य सकुशल रहेको जनाएको छ । खुजेस्तान प्रान्तका नागरिक उड्डयन सेवाका प्रमुख मोहमड्रेजा रेजाइयाले विमानका पाइलटले विमानस्थलमा विमान ढिला अवतरण गराएका कारण विमान अनियन्त्रित भएको बताएका छन् ।

इरानको क्यास्पियन एयरलाइन्सको स्वामित्वमा रहेको म्याकडोनल डग्लस विमान राजधानी तेहरानको मेहराबाद विमानस्थलबाट उडेको थियो । विमानमा १३५ जना यात्रु र चालक दलका सदस्य थिए । टेलिभिजनले विमानका सबै यात्रु सुरक्षित रहेको जनाएको छ । विमानमै यात्रारत टेलिभिजनका पत्रकारले सडकमा विमान अबतरण गर्नेक्रममा विमानका पाङ्ग्राहरु फुटेको बताए ।

इरानी नागरिक उड्डयन संस्थाले बिमान दुर्घटनाका बारेमा छानबिन शुरु गरिसकेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान बिरुद्ध आर्थिक नाकाबन्दी लगाएपछि विश्वका चर्चित विमान कम्पनीहरु एयरबस र बोइङलाई आफ्ना जहाज इरानलाई बिक्री गर्न प्रतिबन्ध लागेको छ ।

प्रतिबन्धहरुका कारण इरानी हवाई सेवा असुरक्षित रहेको आरोप लाग्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button