पोखराको अर्मलामा श्रीपञ्चमी मेलामा पर्वतीय दौड हुने

पोखरा न्यूज – १३ , माघ । हिन्दुहरुको पर्व श्रीपञ्चमीको अवसरमा पोखरा महानगरपालिका १६ अर्मलामा स्थानीय दुर्गा युवा क्लबको आयोजनामा यहि माघ १६ गते पर्वतीय दौड हुने भएको छ ।

मेलाको अवसरमा पुरुष भलिवल तथा ठेलो प्रतियोगिता समेत हुने अध्यक्ष गंग बहादुर गुरुङले जानकारी दिएका छन् । विशेष आकर्षणका रुपमा रहेको पर्वतीय दौड पोखरा १६ स्थित के आई सिंह पुल, दिप बाट शुरु हुने जनाइएको छ । १२ किलोमिटर पर्वतीय दौड सुन्दरफिड चोक, बाटुलेचौर, महेन्द्र गुफा, घार्मी खोला, अर्मला डिही, डाँडा बिसाउना हुँदै अर्मला कोटमा पुगेर सम्पन्न हुनेछ ।
पर्वतीय दौडमा प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश नगद १५ हजार, १० हजार र ५ हजार नगदका साथमा मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

पर्वतीय दौडमा १ सय भन्दा वढी धावकको सहभागिता रहने जनाइएको छ । यसै गरि सोही कार्यक्रम अन्तरगत अर्मलाकोट श्री सिता आधारभुत विद्यालयको खेल मैदानमा पुरुष भलिबल समेत हुने भएको छ । पुरुष भलिबलमा प्रथम र द्वितिय हुनेले क्रमश नगद ४० हजार र २५ हजारका साथमा कप, मेडल र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

श्रीपञ्चमीकै अवसरमा अर्मलामा परम्परागत रुपमा हुँदै आएको ठेलो हान्ने प्रतियोगिता समेत हुनेछ । प्रतियोगितामा १६ वर्ष मुनि र सो भन्दा माथिका दुई अलग-अलग प्रतियोगिता हुने क्लबले जनाएको छ । विजेताले नगद ३ हजार प्राप्त गर्नेछन् । अर्मलामा सदियौं देखि श्रीपञ्चमी मेला हुँदै आएको छ । माघ १४ गते बाट शुरु हुने मेला अन्तरगत अर्मलाको शक्तिपिठ मौदुमा गाउँले महिलाहरुले माघ १५ गते साँझ पुजा गर्ने चलन रहेको स्थानिय जुम गुरुङले बताए । उक्त शक्तिपिठमा पञ्चमीको दिन वलि समेत दिइने प्रचलन रहेको छ ।

अर्मला कोटमा अवस्थित श्री सिता आधारभुत विद्यालयको वार्षिकोत्सवका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत हुने भएका छन् । गण्डकी प्रदेश सरकारले अर्मलालाई गत वर्ष नै होम स्टेको रुपमा घोषणा समेत गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button