तोकियो कांग्रेसको महाधिवेशन मिति

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन ७ फागुनदेखि १० फागुन २०७७ मा हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले सर्वसम्मत रुपमा महाधिवेशन उक्त मितिमा गर्ने निर्णय गरेको हो ।

यो मिति यसअघि पार्टी सभापति शेरबहादुर देउवा पक्षले तोकेकै मिति हो । यस मिति प्रति बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध गर्दै आएको थियो । गत शुक्रवार भएको छलफलले दुवै पक्षबीच मिलेर जाने सहमति कायम गरेको थियो । सोही बमोजिम सोमवार केन्द्रीय कार्यसमितिको बैठक बसेको हो ।
कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको देउवा र पौडल पक्षधर कार्यकर्ताबीच पार्टी कार्यालय सानेपामा झडप भई रहँदा बैठक बस्ने नबस्ने दोधारबीच बैठक चलेको थियो । नेविसंघको बिबादबारे भने कुनै पनि छलफल र निर्णय नभएको एक नेताले जानकारी दिए । अर्काे बैठक २३ माघमा बस्नेछ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button