माटाेकाे ढिस्काेमा पुरिएर सासु बुहारीकाे मृत्यु !

काठमाडौं । जुम्लामा माटोको खानीमा पुरिएर सासु र बुहारीको मृत्यु भएको छ। चन्दननाथ नगरपालिका ४ सिंहाचौरका ५५ वर्षीया सासू नाक्चे सुनार र बुहारी २४ वर्षीया स्यानुमाया सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र भट्टराईले बताए।

यस्तै, सोही ठाउँमा माटो ल्याउनका लागि गएकी गुठीचौरु गाउँपालिका ५ की नवीना ऐडी चन्दननाथ नगरपालिका चारकै पन्चकन्या सुनार घाइते भएका छन्। घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। मृतक दुवै जनाको शव भने कर्णाली स्वास्थ्य विज्ञानको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button