पोखरामा सञ्जीव र टीकाको युगल साँझ

राजाराम पौडेल, पोखरा न्यूज – १४ , माघ । गायक सञ्जीव पराजुली र गायिका टीका प्रसाईको युगल साँझ पोखरामा आयोजना गरियो । पोखरा उद्योग वाणिज्य संघको हल ग्रैहापाटनमा आयोजित एकल साँझ मार्फत गीत सुनाउँदै उपस्थित दर्शकलाई मत्रमुग्ध पारे ।  झापाकी गायिका टीका प्रसाई र विराटनगर जन्म भई हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका सञ्जिब पराजुलीको युगल साँझको तारतम्मे मिलाएको थियो अनुपम म्युजिक पोखरा र लायन्स क्लब अफ आदर्श चौतारीले ।

रातो र चन्द्रसुर्य बोलको गीतबाट युगल साँझको सुरुवात गरेका उनीहरुले बरु मौनता बढोस्, पहाडको माथी–माथी, तिमि साथ भएपछि गीत लाईभ बाजाको साथमा सुनाए । अनि सुरु भयो ट्रयाक मार्फत गीत सुनाउने क्रम । तिमि मलाई मनपर्छ, जानी–जानी एउटा, शिरिमा शिरी, नाई मलाई थाहा छैन, कर्के नजर, माया लुकी–लुकी आदी युगल, सोलो तथा श्रष्टाका गरी डेढ दर्जन गीत सुनाउदै उपस्थित दर्शकको साँगीतिक तृष्णा मेटाए ।  उनीहरुको प्रस्तुती सुन्दै नाच्दै, गाउँदै, तालि बजाउँदै दर्शकले साथ दिए । उनीहरुको आवाजका गीतलाई पछिल्लो समयमा दर्शक श्रोताले रुचाएका छन् ।

युगल साँझमा नै सञ्जीब पराजुली र टीका प्रसाईको युगल गायनले सजिएका दूईवटा गीति संग्रह सँग सँगै भाग–१ र सँग सँगै भाग–२ लोकार्पण समेत गरियो । नेपाल संगीत तथा प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभत्त श्रेष्ठले गीति संग्रहको लोकार्पण गरेका थिए । झण्डै तीन घण्टा सम्म चलेको कार्यक्रमको थप आर्कषणमा नागिन डान्स, पोखरा कला केन्द्रको प्रस्तुती रहेको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button