साढे २ किलो चरेससहित ३ पक्राउ

पोखरा न्यूज – १४ , माघ । दाङमा साढे दुई किलो चरेससहित तीन जना पक्राउ परेका छन् ।

गोप्य  सूचनाका आधारमा उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

पक्राउ पर्नेमा रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका २१ वर्षीय अनिल पुनमगर, रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ का २८ वर्षीय भीमबहादुर सार्की र मुसिकोट नगरपालिका–६ का ४० वर्षीय बहादुर बोहरा रहेका छन् ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button