रोजर फेडेरर अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

पोखरा न्यूज – १४ , माघ ।  स्वीजरल्यान्डका टेनिस स्टार रोजर फेडेरर अस्ट्रेलियामा जारी अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

रोड लेभर एरिनामा भएको रोमाञ्चक खेलमा अमेरिकाका टेन्निस स्यान्डग्रेनको चुनौती पछ्याउँदै फेडेरर सेमिफाइनलमा पुगेका हुन् । पाँच सेटसम्म चलेको निकै प्रतिस्पर्धात्मक खेलमा फेडेररले ६-३, २-६, २-६, ७-६ र ६-३ गरि ३-२ सेट अन्तरले जीत हात पारे ।

दोस्रो र तेस्रो सेट हारेसँगै फेडेरर खेलमा फर्किने सम्भावना क्षीण भएको थियो तर ३८ वर्षीय फेडेररले जोडदार कमब्याक गर्दै सात म्याच पोइन्ट जोगाउँदै चौथो र पाँचौ सेट जित्दै खेल आफ्नो पक्षमा पारे ।

जीत पछि फेडेररले भने, ” जीवनमा कहिलेकाही भाग्यमानी हुन पनि आवश्यक छ ।” हार बेहोरेका २८ वर्षीय स्यान्डग्रेनको यो दोस्रो ग्र्यान्डस्लाम क्वाटरफाइनल हार हो ।

फेडेररले जीतसँगै नोभाक जोकोभिच र मिलोस राओनिकसँग सेमिफाइनल भीडन्त पक्का गरेका हुन् । यसअघि फेडेररले सन् २०१८ मा जितेको अस्ट्रेलियन ओपन नै उनको पछिल्लो ग्र्यान्डस्लाम उपाधि हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button