गोरखामा खोलामा खसेर एकको मृत्यु

पोखरा न्यूज – १४ , माघ ।  गोरखामा सडकबाट लडेर खोलामा खस्दा एक पुरुषको मृत्यु भएको छ ।

गोरखाको शहिदलखन गाउँपालिका-९ का काजीराम थापाको सडकबाट लडेर १ सय मिटर तल खस्दा मृत्यु भएको हो । ३८ वर्षीय थापा मङ्गलबार अन्दाजी ११ बजे कटेलडाँडा चोक नजिकैको सडकबाट खोलामा खसेको प्रहरी जानकारी दिएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button