गायिका राउत ४ हजार धरौटी तिरेर छुटिन्

पोखरा न्यूज – १४ , माघ । गायिका आस्था राउत मङ्गलबार ४ हजार धरौटी तिरेर रिहा भएकी छिन् ।

अभद्र व्यवहार मुद्दामा चार दिन हिरासत परेकी राउत जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा आज रिहा भएकी हुन् । चार दिनका लागि हिरासतमा लिन अनुमति पाए पनि अनुसन्धान पूरा भएको भन्दै प्रहरीले उनलाई रिहा गरेको हो ।

हिरासतमा लिइएको भनिए पनि हाइपर टेन्सन भएको भन्दै प्रहरीले राउतलाई अस्पताल पुर्याएको थियो । उनलाई गए राति नौ बजे ब्लु क्रस अस्पतालमा भर्ना गरिएको थियो । माघ १ गते त्रिभुवन विमानस्थलमा सुरक्षाकर्मीसँग भनाभन गरे पछि विवादमा तानिएकी राउतले पछि भिडियोमार्फत प्रहरीलाई गाली गरेकी थिइन् ।

सोही भिडियो सार्वजनिक भएपछि उनीसँग भनाभन पर्ने प्रहरी जवान रमिता श्रेष्ठले राउतविरुद्ध जाहेरी दिएकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button